–भूमिनन्द देवकोटा
प्राचिन कालमा यस धर्तिमा सर्व प्राणी तथा सर्व जगत कल्याण हेतु सत्य धर्म मार्ग दर्शनको बिस्तार भएको थियो । त्यस कालको बिभिन्न समयमा बोधि मार्ग अर्थात भगवान मार्ग, मार्ग गुरु र गुरु मार्ग गरी यी तीन सत्य धर्म मार्ग दर्शनहरु धर्म मार्गको रुपमा बिभिन्न गुरुहरुले प्रचलनमा ल्याउनु भएको थियो । उहांहरुले आफ्नो क्षमता र त्यस समयको उपलब्ध धर्म मार्ग अपनाइ कठोर त्याग तपस्याहरुको अभ्यासमा अभ्यासकै क्रममा माथिबाटै प्राप्त सम्पूर्ण नियमहरु पलना गरी धर्मको महा खोजबाट यी मार्ग दर्शनहरु प्राप्त गनुभएको थियो । ती मार्ग दर्शनहरु आफु रहेको स्थानका आधारमा ती परमात्मा गुरुहरुले यस संसारको हितमा खास स्थान र समयानुकूल आफ्नै जीवन कालमा यी मार्गहरुको दर्शन तथा धर्म तत्वहरुद्वारा धर्म मार्गको शासन विस्तार गर्नु भएको थियो । र शिष्यहरुलाई शिष्योत प्रदान गर्दै आफुहरुले निर्वाण प्राप्त गनुभएको थियो । यी मार्ग दर्शनहरु फरक देखिएका भए पनि एउटै परमात्मा भगवान गुरुबाट प्रतिपादन गरिएका मार्ग दर्शनहरु हुन । मात्र त्यस समयमा गुरुहरुले कठोर त्याग तपस्याहरुको अभ्यासमा माथिबाटै प्राप्त नियमहरु पालना गर्नुभइ जुन ज्ञान गुण प्राप्त गर्नु भएको आधारमा उहाँहरुले नै बिस्तार गर्नुभएको मार्ग दर्शनहरु हुन । ती गुरुहरुका धेरै शिष्यहरु भए । ती शिष्यहरु मध्ये केहिले गुरु मार्ग रुप प्राप्त गरी उहाँहरुबाट समय र स्थान अनुकूल नै धर्म मार्ग दर्शनको प्रचार प्रसार भयो । उहांहरु पनि निर्वाण प्राप्त गर्दै जानुभयो । यसरी धर्म मार्ग दर्शनको पुस्ता हस्तान्तरण हुंदै जांदा कैयौं बर्ष युगहरु ब्यतित भए । पुस्ता हस्तान्तरण र युगहरु बेतित हुंदै जांदा एउटै परमात्मा गुरुले प्रतिपादन गर्नु भएको धर्म मार्ग दर्शनमा अनेक ठाउँ बिशेष छरिएर रहेका शिष्यहरु एक आपसमा अहंता, अहंकारले गर्दा वैमनस्यता उत्पन्न भयो र एक अर्का बीचमा दुरी बढेर गयो । अब मनगणन्ते तर्क सिद्धान्तहरुको थालनी र बिस्तारले संसार भर बिभिन्न धर्म सम्प्रदायको निर्माण भयो । अब सत्य धर्म मार्ग दर्शनको वास्तविकता बुज्न भन्दा पनि धर्म गुरुहरु, शिष्यहरु आपसमा नै ठूलो र सानो भेद गरियो भने यो धर्म र त्यो धर्म, यो गुरु र त्यो गुरु, हाम्रो धर्म ठूलो उसको धर्म सानो, आरोप प्रत्यारोपले अनावश्यक मतभेद शुरु भयो । अंझ ज्ञान गुण प्राप्त गर्नुभएका गुरुहरुको देहवशान हुंदै गएपछि एक पछि अर्को शिष्य गुरुहरु आए पछि उनीहरु बीचमा अहंभाव बढदै जांदा म नै परमात्मा गुरुहरु भन्दा पनि ठूलो ठानेर सत्य मार्गको परित्याग गर्दै असत्य मार्ग अवलम्वन गर्दै अरुलाई यसमा समाहित गराउंदै पक्ष र बिपक्ष खडा गरियो । अब यसले जे पनि ठीक जे गरे पनि हुने गर्दै धर्मको मार्गलाई आन्तरिक रुपमै बिसर्जन गराइ सबै भौतिकतामा प्रवेश गर्नपुगे । अब सत्य धर्मको ठाउंमा मनगणन्ते भौतिकतामा रमाउने कपटि धर्मले पकड जमाउन पुग्यो । धर्मका तत्व भन्दा कोषौं टाढाका अनैतिक ब्यबहारहरु र सिद्धान्तहरु लागु भए । अनन्त सत्य धर्म लोप हुंदै गयो । जहां सत्यता नै छैन अनि त्यहां मुक्तिमोक्षको सम्भावना नै भएन अनि सत्य असत्यको भेद नभएका ती सबै धर्म गुरुहरु, सम्राट राजाहरु र अन्यका भौंतारिएका आत्माहरुलाई नै भगवानको रुपमा पुजा गर्ने प्रार्थना गर्ने वली चढाउने, अन्न तथा बहुमूल्य धातुहरु अग्नीमा होम गर्ने, सिन्दुर चुरापोते अक्षता चढाउने अनि प्रसादको रुपमा लगाउने खाने र तिनैलाई कुलदेवताका रुपमा मान्ने, जुन सत्य धर्म मार्गमा नभएका यी अनेक कार्यहरुले सर्वत्र अशान्ति श्रृजना भयो । जसले अनेक बिनासलाई निम्त्याउंदै गयो ।
अब सर्बप्राणीहरु जो एकापसमा सहबास, सहजीवन, सहअस्तित्व, सहकार्य र शान्त अनि स्वर्गीय पृथ्बीको संरचनालाई राक्षसी मतमा धकेलियो । निर्दोष पसुहरुको बध, अन्न र बहुमूल्य धातुहरुको होम, बनस्पतिको बिनास, हावा पानीमा बिषाक्तता, परिवार, जातजाति, धर्म, सम्प्रदाय, राष्ट्र राष्ट्रियता बीचमा झगडा बेमेल बढेर गयो । पद, योग्यता, आर्थिक पहूंच, बहुमतका आधारमा भौतिकताका आधारमा सत्ता सञ्चालन, अनि धर्मका नाममा पनि पदप्रतिष्ठा र धनमा पहूच राख्ने तथा सत्ता समेत सञ्चालनमा सहभागी हुने गर्दा सत्य धर्मको पूर्णरुपमा बिनास भयो । धर्म र धर्म गुरुको नाम भने रहिनै रहेता पनि त्यो बृति बिकास तथा पद प्रतिष्ठा, लोभ, मोह, लालचा, जालझेल, तिकडम, दाउपेच, षढयन्त्र, ब्यबिचार, चोरी, डकैति आदि जस्ता कुकृत्यमा सिमित भयो । यसले मानिस मानवीयता भन्दा अर्थात प्रकृति भन्दा निकै टाढा पुग्यो । सत्य धर्म मार्गले प्रकृतिसंग एकाकार गराएर सुखको लोक निर्माण गरेको थियो । तर यसले चौतर्फि रुपमा बिनास मात्रै गरेको छ । प्रकृतिको सहअस्तित्व, सहजीवन, सहकार्य, शान्तिमा खलबली उपस्थित गरायो । जसले गर्दा बाडी पहिरो, हावाहुरी, आंधिबेहरी, आगलागी, सुख्खा खडेरी, अतिबृष्टि, झगडा लडाइ, काटमार, महाभूकम्प, टर्नाडो, सुनामी, रोगब्याधि, महामारी आदि प्रकृति सुद्धिकरणका लागी श्रृजना भए जसका कारण बिशेष गरी हामी मानिसहरु यसको चपेटामा परेका छौं । यसबाट छुटकारा पाउनका निमित्त मानिसहरु फेरि पनि प्रकृति बिनासको गलत पथ त्यागेर प्रकृति संरक्षणका लागी अगाडी आउन बाध्य हुनुपर्ने बेला आइरहेको छ ।
यसका निमित्त हामीले सर्बप्रथम सत्य धर्म मार्ग दर्शनलाई पहिचान गर्नु आबस्यक छ । त्यो भनेको प्रकृतिसंग संगै मिलेर बस्नु हो । अर्थात निर्दोष पसुहरुको बध, अन्न र बहुमूल्य धातुहरुको होम, बनस्पतिको बिनास, हावा पानीमा बिषाक्तता, परिवार, जातजाति, धर्म, सम्प्रदाय, राष्ट्र राष्ट्रियता बीचमा झगडा बेमेललाई पूर्णत त्याग गर्ने अर्थात सत्य धर्म मार्गमा लाग्नु हो । जसले गर्दा पृथ्बीको पर्यावरणमा विल्कुलै सुधार हुने निस्चित छ । अनि मात्र बाडी पहिरो, हावाहुरी, आंधिबेहरी, आगलागी, सुख्खा खडेरी, अतिबृष्टि, झगडा लडाइ, काटमार, महाभूकम्प, टर्नाडो, सुनामी, रोगब्याधि, महामारी आदि रोकिने अबस्था हुनेछ । समयमा प्रकृति आफ्नो काम गर्नसक्ने बन्नेछिन । समयमा पानी परिरहने छ, बोट बिरुबा फुल्नेफल्ने छन, पशुपन्छी, किटपतङ्गहरु निर्भय आफ्नो भूमिकामा रहने छन । हावा आफ्नो स्थानमा रहने छ, पानीले बाटो बिराउने छैन । अनि संसार सत्य धर्म मार्गमा रमणीय बन्ने छ । सुख बाहेक अर्को केहि रहने छैन । तर अहिलेको आलो घाउ बनेर संसार नै यसको चपेटामा चहराइ रहेको नोवल कोरोना भाइरस पनि त जंगली पसुपन्छीको हिंसा गरेर आफ्नो स्वार्थ पूर्तिका लागी खानाले भएको भन्ने भनाइ सार्वजनिक भएको छ । यो प्रकृति बिनासको प्रतिफलका रुपमा बुज्नपर्ने नै भएको छ । अनि हेर्नुस त प्रकृति बिनासबाट नै हामी मानिसहरुबाट नै आफ्नो बिनासको भूकिका भैरहेको छ । यसलाई गम्भिर भएर चिन्तन मनन गर्न र सत्य धर्म मार्ग दर्शनको बाटोमा लाग्न वा फर्कन यो आलेखकर्ता सबैमा मैत्रीय आग्रह गर्दछ । अन्यथा प्रकृति बिनास अर्थात सत्य धर्म मार्ग दर्शनको परित्याग महा बिनासको बाटो भन्दा अर्को हाइन तसर्थ हामी चेतना भएका मानव समुदाय प्रकृतिको संरक्षणमा अर्थात सत्य धर्म मार्ग दर्शनको धर्म मार्गमा लागौं । त्यो भनेको अहिलेको बोधि मार्ग दर्शन मैत्री धर्म हो र यो बोधि मार्ग दर्शन मैत्री धर्म महा सम्बोधि धर्म संघ गुरुज्यूले महा कठोर निराहार छ बर्ष लामो तवस्या गरी प्रतिपादन गर्नुभएको हो । तसर्थ गुरु र दर्शनलाई चिनौं, मनन गरौं, मार्गको अनुशरण गरौं, जसले सम्पूर्ण जगतको कल्याण हुनेछ अनि हामी सबै सबै प्राणीहरु र अस्तित्वको रक्षा मुक्तिमोक्षको ढोका सहज बन्नेछ ।
सर्ब मैत्री मंगलम !!!