मैत्री धर्ममा अपार आदर सम्मान र यसको महत्व ।

689

सर्वज्ञ परम पुज्यणीय महा सम्बोधि धर्म संघ गुरुज्युको असिम कृपा र आशिर्वादको फल स्वरुप आजा सम्पूर्ण मानव जगतले परमात्मा सत् धर्म प्राप्त गरि सकेको छ । यसरी नै संसारको अन्तिम क्षणसम्म अझ यो भन्दा पनि प्रभावकारी रुपमा संसारले मैत्री धर्मको अस्तित्व प्राप्त गरि रहुन् ।

उहाँ गुरुज्युको कोमल चरण कमलमा अपार सेवा ढोग, लोक लोकत्तरमा विराजमान रहनु भएका समस्त कृपावान परमात्मा भगवानहरुमा अनन्त सेवा ढोग, महा गुरु आमा र बाल गुरुज्युको कोमल चरण कमलमा अपार सेवा ढोग र पुज्यणीय सर्व मार्ग गुरु र गुरु मार्गहरुमा पनि अनन्त सेवा ढोग ।

Screenshot_2020-04-14-13-58-50-53

हामी सन्यासी गुरुमार्ग गुरु, माहा माआत्मा गुरुमार्ग गुरु, गृहस्थी माआत्मा गुरुमार्ग गुरु तथा संघ भक्त अनुयायीहरु, सदा स्वच्छ अन्तर आत्मा देखी नै संसारका सर्वोत्कृष्ट तत्वहरु, उहाँ परमात्मा भगवानहरुमा अर्पण समर्पणका साथ अपार आदर सम्मान विश्वास पूर्ण आस्था, भक्ति, श्रद्धा र भर भरोसाले युक्त, दुइ हस्त जोडी अनन्त कोटी कोटी प्रणाम गर्दछौ ।

मैत्री भाषामा उल्लिखित गुरु र लोकहरुको प्रार्थना लगायत धर्मका अन्य महत्वपूर्ण ज्ञानगुणका विधीहरुलाई माआत्मा गुरुमार्ग गुरुहरुले अन्तिम ६ महिने प्रशिक्षण कार्यक्रमबाट सुसम्पन्न गर्नु भयो । उहाँहरुको यो महान धार्मिक कार्य सम्पन्न भएको उपलक्ष्यमा बोधि श्रवण धर्म संघ परिवारका सम्पूर्ण गुरुमार्ग गुरु र संघभक्त जनहरुद्वारा आयोजना गरिएको दुर्लभ स्वागत तथा शुभकामना व्यक्त गरिने कार्यक्रमको अवसरमा उहाँ धर्म संघ गुरुज्युको अमृतमय वचनलाई प्राणी उद्धारको निमित्त, सबै सन्यासी गुरुमार्ग गुरु, माआत्मा गुरुमार्ग गुरु र सर्व साधारण संघ भक्तजनहरुमा प्रदान भएको थियो ।

मनुष्य अन्तर आत्मा भित्रका क्लेश युक्त अज्ञानता रुपी जडलाई निर्मुल पार्न, माआत्मा गुरुमार्ग गुरुको रुपमा, उहाँहरुले सुर्यको प्रचण्ड ज्योति सरह आफ्नो जीवनलाई समर्पित गर्नु भएको छ । उहाँहरुको यस महान कार्यले संसारमा धर्मको फुल फुलाउदै, ज्ञान गुणको सुघन्द्ध चारैतिर छर्दै, मानव रुपी आत्मालाई आकर्षन गरि, प्रत्येक आत्मामा धर्मको विजारोपनद्वारा महाँ सागर रुपी ज्ञान दर्शन, ध्यान दर्शन, मैत्री भाव दर्शनका अमृतमय जलद्वारा सिञ्चित गरि अन्तमा आत्मालाई मोक्ष रुपी फल प्रदान गराउनु हो ।

सम्पूर्ण माआत्मा गुरुमार्ग गुरु अथोअहस र माआत्मा गुरुमार्ग गुरु ठपोवहरु धर्म कर्ममा निपुर्णता हुनु हुन्छ । संसारका संघ भक्त अनुयायीहरुले उहाँहरुबाट अपार भर भरोसा प्राप्त गरि धर्म पुण्य सञ्चित गर्ने अवसर जुरेको छ । यसै महान कार्य प्रति गुरु चेला, संघ भक्त अनुयायीहरुले स्वागत कार्यक्रम आयोजना गरि, उहाँ माआत्मा गुरुमार्ग गुरुहरुलाई सुभकामाना सहित अन्यबाद व्यक्त गरेका थिए ।

Screenshot_2020-04-14-14-02-36-58

माआत्मा गुरुमार्ग गुरुहरुले गर्ने प्रत्येक धर्म कर्मको प्रतक्ष्य वा अप्रतक्ष्य प्रभाव तपाईं संघ भक्त अनुयायीहरुमा सदा परि रहेको हुन्छ । किनकी उहाँहरुको हरेक धार्मिक कृयाकलापहरु नै वास्तवमा तपाईंहरुको लागी ज्ञान गुण मात्र नभएर अपार धर्म पुण्य र आशीर्वाद प्राप्त गर्ने प्रमुख स्रोत बनि रहेको हुन्छ । तपाईंहरु उहाँहरुको सथमा रहेर आफुले नबुझेका विषयहरु बुझ्ने, दुखको बेलामा भर भरोसा लिने जस्ता कार्य आफूले गर्न सकिन्छ । मैत्री धर्ममा आस्था विश्वासले लागी परेका संघ भक्तजनहरुको हरेक सुख दुख, पिर व्यथा, विघ्नबाधा जस्ता कार्यमा उहाँ माआत्मा गुरुहरुले कुनै आनाकानी नगरी जस्तोसुकै परिस्थितीमा पनि आफ्नो भक्तहरुलाई साथ सहयोग दिनु हुने नै छ । परि आएमा धर्म गुरुले आफ्नो जीवनको कुनै पर्वाहा नगरी भक्तहरुको समरक्षण गर्नु पर्ने हुन्छ । यो अति नै महत्वपूर्ण विषयलाई बोध गर्दै प्रत्येक माआत्मा गुरुमार्ग गुरुहरु मात्र ति मानव जगत र पशुप्राणी जगतको निश्पक्ष उद्धार गर्ने लक्ष्यमा महा कठोरतापुर्ण सङ्घर्ष र त्यागको भाव उत्पन्न गरि लागी पर्नु भएको छ । त्यसकारण अब हामी कतै डराउनु पर्ने, कमजोर हुनु पर्ने, पश्चाताप गर्नु पर्ने स्थिति रहेन । सम्पूर्ण तत्वबाट उहाँहरु सक्षम हुनु हुन्छ ।

तपाई संघ भक्तजनहरुले पनि आफ्नो जीवनमा धर्म सफलता प्राप्त गर्नको लागी उहाँ धर्म गुरुहरुलाई दिलोज्यान दिएर सेवा प्रदान गर्नु पर्ने हुन्छ । र गर्दै पनि हुनु हुन्छ । कुनै प्रकारको अपमान जनक दृष्टि उत्पन्न गर्नु हुँदैन । सत् धर्म र गुरुको अनुशरणमा, विभिन्न प्रशिक्षणहरुमा एक समान ज्ञान गुण, विधी विधान बोध गर्नु भएको उहाँहरुमा अपार आदर सम्मान गरिनु पर्ने हुन्छ । अनि मात्र उहाँहरुले गर्ने हरेक धर्म कर्मको फल हामी संघभक्त जनहरुले सजिलै प्राप्त गर्न सकिने छ ।

Screenshot_2020-04-14-13-59-39-45

यो दुर्लभ प्रशिक्षण कार्यक्रमहरु सम्पन्न गराउनको निमित्त जसरी आफूले सकेको सुकामानो आफ्नो पोल्टोबाट बचाएर, जोर जाम गरेर, आफ्नो बल बुद्धि र क्षमताले भ्याए सम्म आर्थिक, शारीरिक र मानसिक रुपमा साथ र सहयोग प्रदान गर्नु हुने सम्पूर्ण देश विदेशका संघ भक्त अनुयायीहरुलाई हामी सम्पूर्ण सन्यासी गुरुमार्ग गुरु, महा माआत्मा गुरुमार्ग गुरु, गृहस्थी माआत्मा गुरुमार्ग गुरुहरुको तर्फबाट धेरै धेरै धन्यबाद, आशिर्वाद र मैत्री मंगलम ।

तपाईंहरुको यो निश्वार्थ भावपूर्ण भर भरोसाले गर्दा यि कार्यक्रमहरु सफल हुन पुगेको छ । यसरी नै भविष्यका दिनहरुमा पनि अझ बढि प्रशिक्षण कार्यक्रमहरु सञ्चालन हुँदै जाने नै छ । यो त एउटा सुरुवात मात्रै हो । र ति महान कार्यहरुमा पनि यसरी नै तपाईंहरुको अपार साथ र सहयोग अपरिहार्य रहन्छ । अत हामीले पाएको यो दुर्लभ अवसरमा अपार धर्म पुण्य ग्रहण गर्नुबाट पछि नपर्नुमा नै उचित रहने जानकारी गराइन्छ ।

यसै गरि हामीले धर्मका महत्वपूर्ण खुड्किलाहरु पार गरि सकेका छौ । मैत्री धर्ममा हामीले ग्रहण गरेको रुप रंगको आधारमा आ आफ्नो स्थान हुने गर्दछ । फेरी हाम्रो आफ्नो रुप रंगको आधारमा एकले अर्कालाई मान मान्यता प्रदान गर्नु नै धर्मको मुल आधार हो । अत यसै विषयलाई मध्य दृष्टि गर्नु हुँदै सबैलाई आफ्नो धर्म कर्म बोध गराउन उहाँ धर्म संघ गुरुज्युले अमृतमय महा वाणीहरु प्रदान गर्नु भएको थियो ।

DSC_8886

मिति २०७६/०९/१९ गतेका दिन छ महिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको उपलक्ष्यमा सन्यासी गुरुमार्ग गुरु मार्फत मार्ग दर्शन भएको थियो । र उक्त मार्ग दर्शन भएका अमृतमय गुरुवचनहरुलाई जस्ताको तस्तै तल उल्लिखित गरिएको छ ।

विगतका दिन देखि लिएर आजा सम्म र आगमी दिनहरुमा पनि पूर्ण आत्मा विश्वासका साथ, समस्त संघ भक्तहरु मैत्री धर्ममा आफ्नो भुमिका निर्वाहा गर्दै अपार साथ र सहयोग प्रदान गरि मार्ग दर्शनलाई विश्वामाझ छर्नको निमित्त असंख्य ज्योति सरह लागी पर्नु भएको छ ।

सन्यासी गुरुमार्ग गुरु पुरुष (ञेङयुण) र गुरुमार्ग गुरु स्त्रि (ञेङञीण), सन्यासी महा माआत्मा गुरुमार्ग गुरु पुरुष (ङन्युग) र महा माआत्मा गुरुमार्ग गुरु महिला (नयूङ), गृहस्थी माआत्मा गुरुमार्ग गुरु अथोअहस र माआत्मा गुरुमार्ग गुरु ठपोव, गुरु घरको परिवार सदस्यहरु लगायत सम्पूर्ण संघ भक्त अनुयायीहरुले धर्मको मार्गमा रहेर पालना गर्नु पर्ने नियमहरु ।

*  सम्पूर्ण धर्म गुरुहरु लगायत संघ भक्त तथा गुरु घरको परिवार बिच एक आपसमा आफ्नो धर्मको नीति अनुरुप गुरु वचनलाई शिर उपर गरी अपार आदर सम्मान, मान मान्यता र सर्व मैत्री भाव प्रकट गरी एक आपसमा पूर्ण आस्था, विश्वास, भर भरोसाका साथ सुमधुर सम्बन्ध बनाई अघि बढ्न उहाँ गुरुज्युबाट आज्ञा भएको अमृत वचनलाई गुरुमार्ग गुरुले मिति २०७६/०९/१९ गतेको धार्मिक कार्यक्रम मार्फत सबैमा जानकारी गराइयो ।

DSC_8826

*  विगतका दिन देखि आजको दिनसम्म चेला, संघ लगायत गुरु घरको स परिवार सदस्यहरुका लागी धर्मको नीति अनुरुप गुरुज्यूद्वारा अपार धर्म पुण्य लाभ तथा पाप कट्टा गरि दिइ सक्नु भएता पनि आगामी दिनहरुमा बोधि मार्ग दर्शन मैत्री धर्मको नियममा रही आफ्नो धर्म कर्म स्वयं आफूले बोध गरी पूर्ण आस्थाको साथ निर्वाह गर्नु पर्ने हुन्छ ।

*  घरको स परिवारहरुलाई धर्म, गुरु, चेला र संघबाट गरिनु पर्ने कर्तव्य बोध पूर्ण रुपमा गरिदै जाने नै छ ।

*  गुरुले घरको स परिवारहरुलाई पुण्य लाभ तथा पाप कट्टा गरेर दिइए तापनि परमात्मा भगवानको नियम अनुसार नियम पालना गरी मार्ग दर्शन विस्तार गर्नु पर्ने हुन्छ ।

* आजाको मिति २०७६/०९/१९ देखी गुरुबाट गुरुआमा, बाल गुरुको स्थान सदा यथावत रहने छ । अपार आदर सम्मान, मान मान्यता परमात्मा गुरुहरुको जति नै रहने छ ।

* सन्यासी गुरुमार्ग गुरु पुरुष (ञेङयुण) र गुरुमार्ग गुरु स्त्रि (ञेङञीण), सन्यासी महा माआत्मा गुरुमार्ग गुरु पुरुष (ङन्युग) र महा माआत्मा गुरुमार्ग गुरु महिला (नयूङ), गृहस्थी माआत्मा गुरुमार्ग गुरु अथोअहस र माआत्मा गुरुमार्ग गुरु ठपोव सम्पूर्णले, उहाँ गुरुज्यूबाट जगत प्राणी उद्धार, मुक्ति मोक्ष शान्ति र हितका कार्यमा अधिष्ठान प्राप्त गरी मैत्री धार्मिक पोषाकमा धर्म गुरुको पद ग्रहण गर्नु भयो । यसर्थ उहाँहरुले उहाँ धर्म संघ गुरुज्युद्वारा धर्म गुरु पद प्राप्त गरि लोक कल्याण हेतु सारा जीवन समर्पित गरेको हुँदा, उहाँ गुरु स्वयंले परमात्मा गुरु सरह ठानी पद अनुसारको सम्मान प्रदान गर्नु पर्ने हुन्छ । त्यस कारण सर्वसाधारण देखी लिएर गुरु घर परिवार सदस्यलाई धर्म गुरुले ढोग्नु मिल्दैन ।

*  बिगतका दिनहरुमा जान अन्जान बस् भएको गति विधीहरुलाई एउटा नराम्रो सपना सम्झी विर्सी दिनु पर्ने हुन्छ ।

* सम्पूर्ण धर्म गुरुहरु, गुरु घर परिवारका सदस्यहरु र संघ भक्तहरुले पुण्य लाभ हुने साथै आफ्नो मात्र नभइ सम्पूर्ण जगत प्राणी हितको निम्ति उद्धार हुने कार्य गर्दै अघि बढौ ।

मैत्री धर्ममा चेला, संघ भक्तअनुयायीले अपनाउनु पर्ने आधार शिलाहरु

सन्यासी गुरुमार्ग गुरु पुरुष (ञेङयुण) र गुरुमार्ग गुरु स्त्रि (ञेङञीण), सन्यासी महा माआत्मा गुरुमार्ग गुरु पुरुष (ङन्युग) र महा माआत्मा गुरुमार्ग गुरु महिला (नयूङ), गृहस्थी माआत्मा गुरुमार्ग गुरु अथोअहस र माआत्मा गुरुमार्ग गुरु ठपोव र घरको परिवार देखी लिएर संघ भक्त अनुयायीहरुले धर्म पुण्य लाभ गर्न पालना गरिनु पर्ने नीति नियमहरु ।

सन्यासी गुरुमार्ग गुरुहरुको सम्बन्धमा

* सन्यासी गुरुमार्ग गुरु पुरुष (ञेङयुण) र गुरुमार्ग गुरु स्त्रि (ञेङञीण)ले, ज्ञान गुण प्रदान गर्नु हुने महा सम्बोधि धर्म संघ गुरु (लोपंम ङयूस), गुरु आमा (लोपंस्रोञाङ), सानो गुरु र सर्व परमात्मा गुरुहरुलाई अपार आदर सम्मान र मान मान्यता स्वरुप सम्बोधन गरिने शब्द प्रणाम हो ।

* सन्यासी गुरुमार्ग गुरु पुरुष (ञेङयुण) र गुरुमार्ग गुरु स्त्रि (ञेङञीण) विचमा सम्मान स्वरुप मैत्री मंगलम भनि सम्बोधन गरिन्छ ।

* र अन्य सन्यासी महा माआत्मा गुरुमार्ग गुरु पुरुष (ङन्युग) र महा माआत्मा गुरुमार्ग गुरु महिला (नयूङ), गृहस्थी माआत्मा गुरुमार्ग गुरु अथोअहस र माआत्मा गुरुमार्ग गुरु ठपोव, गुरु घर परिवारका सदस्यहरु र संघ भक्त अनुयायीहरुले सन्यासी गुरुमार्ग गुरुलाई मान मान्यता स्वरुप सम्बोधन गरिने शब्द प्रणाम (ञइङेस) हो ।

सन्यासी महा माआत्मा गुरुमार्ग गुरुहरुको सम्बन्धमा

* सन्यासी महा माआत्मा गुरुमार्ग गुरु पुरुष र महा माआत्मा गुरुमार्ग गुरु महिलाले ज्ञान गुण प्रदान गर्नु हुने महा सम्बोधि धर्म संघ गुरुज्यु, गुरु आमा, बाल गुरु र सर्व परमात्मा गुरुहरु, सन्यासी गुरुमार्ग गुरु पुरुष र गुरुमार्ग गुरु स्त्रिलाई अपार आदर सम्मान र मान मान्यता स्वरुप सम्बोधन गरिने शब्द प्रणाम (ञइङेस)  हो ।

* र सन्यास लिएका महा माआत्मा गुरुमार्ग गुरु पुरुष र महा माआत्मा गुरुमार्ग गुरु महिला विचमा मान मान्यता स्वरुप मैत्री मंगलम (शैज्ञी वाइङख्या) भनि सम्बोधन गरिन्छ ।

* त्यसै गरि त्याग वा सन्यासी रुप नलिएको माआत्मा गुरु मार्ग गुरु अथोअहस र माआत्मा गुरुमार्ग गुरु ठपोव, गुरु घर परिवारका सदस्यहरु र संघ भक्त अनुयायीहरुलाई सम्मान स्वरुप सम्बोधन गरिने शब्द मैत्री मंगलम हो ।

र महा माआत्मा गुरुमार्ग गुरुको श्रीमान् वा श्रीमतीको सम्बन्धमा

* सन्न्यासी महा माआत्मा गुरुमार्ग गुरु (ङन्युग) र महा माआत्मा गुरुमार्ग गुरु (नयूङ) को श्रीमान् (ङयुण) गुरु आपा र श्रीमती (ङयुण्प) गुरु आमालाई गृहस्थी माआत्मा गुरुमार्ग गुरु र संघ भक्त अनुयायीहरुले सम्मान स्वरुप सम्बोधन गरिने शब्द प्रणाम हो ।

*  र उहाँहरुको श्रीमान् वा श्रीमतीले माआत्मा गुरुमार्ग गुरु, गुरु घर परिवार र संघ भक्त अनुयायीहरुलाई सम्मान स्वरुप सम्बोधन गरिने शब्द मैत्री मंगलम (शैज्ञी वइङ्ख्या) हो ।

*  भने सन्न्यासी महा माआत्मा गुरुमार्ग गुरु पुरुष (ङन्युग) र सन्न्यासी गुरुमार्ग गुरु महिला (नयूङ)लाई सम्मान स्वरुप सम्बोधन गरिने शब्द प्रणाम (ञइङेस) हो ।

गृहस्थी माआत्मा गुरुमार्ग गुरु सम्बन्धमा ।

*  गृहस्थी माआत्मा गुरुमार्ग गुरु अथोअहस र माआत्मा गुरुमार्ग गुरु ठपोवले ज्ञान गुण प्रदान गर्नु हुने (महा सम्बोधि धर्म संघ गुरुज्यु), गुरु आमा, बाल गुरुज्यु र सर्व परमात्मा गुरुहरु, सन्यासी गुरुमार्ग गुरु पुरुष र गुरुमार्ग गुरु स्त्रि, महा माआत्मा गुरुमार्ग गुरु पुरुष र महा माआत्मा गुरुमार्ग गुरु महिलालाई अपार आदर सम्मान र मान मान्यता स्वरुप सम्बोधन गरिने शब्द प्रणाम (ञइङेस) हो ।

*  गृहस्थी माआत्मा गुरुमार्ग गुरु अथोअहस र माआत्मा गुरुमार्ग गुरु ठपोव विचमा, गुरु घर परिवारका सदस्यहरु र संघ भक्त अनुयायीहरुलाई सम्मान स्वरुप प्रयोग गरिने शब्द मैत्री मंगलम (शैज्ञी वाइङ्ख्या) हो ।

र गृहस्थी माआत्मा गुरुमार्ग गुरुको श्रीमान् वा श्रीमतीको सम्बन्धमा ।

* गृहस्थी माआत्मा गुरुमार्ग गुरुको श्रीमान् (गुरुआपा) र श्रीमती (गुरुआमा)  जसले माआत्मा मैत्री पोशाक धारण नगरी सर्व साधारण अवस्थामा रहनु भएता पनि उहाँहरुलाई संघ भक्त अनुयायीहरुले सम्मान स्वरुप सम्बोधन गरिने शब्द प्रणाम हो ।

*  र माआत्मा मैत्री पोशाक धारण नगरेका माआत्मा गुरुमार्ग गुरुको श्रीमान् वा श्रीमतीले सम्पूर्ण गृहस्थी माआत्मा गुरुमार्ग गुरुलाई सम्मान स्वरुप सम्बोधन गरिने शब्द प्रणाम हो । आफ्नै माआत्मा श्रीमान् र माआत्मा श्रीमतीलाई पनि उहाँहरुले सम्मान स्वरुप प्रणाम भनि सम्बोधन गरिन्छ ।

*  यदि परिवारका दुबै श्रीमान् र श्रीमती नै माआत्मा गुरुमार्ग गुरुमा छ भने एक अर्कामा मैत्री मंगलम भनि सम्बोधन गरिन्छ । एउटै ज्ञान गुण, रुप रंग र स्थान भएकोले सबै माआत्मा गुरुमार्ग गुरुलाई मैत्री मंगलमद्वारा सम्बोधन गरिएको हो ।

* गृहस्थी माआत्मा गुरुमार्ग गुरुको श्रीमान वा श्रीमतिले उहाँहरु विचमा, गुरु घर परिवारका सदस्यहरु र संघ भक्त अनुयायीहरुलाई सम्मान स्वरुप प्रयोग गरिने शब्द मैत्री मंगलम (शैज्ञी वाइङ्ख्या) हो ।

गुरु घर परिवार सम्बन्धमा

*  गुरु घर परिवारका सदस्यहरुले ज्ञान गुण प्रदान गर्नु हुने गुरुज्यु (लोपंम ङयूस), गुरु आमा, बाल गुरु र सर्व परमात्मा गुरुहरु, सन्यासी गुरुमार्ग गुरु पुरुष र गुरुमार्ग गुरु स्त्रि, महा माआत्मा गुरुमार्ग गुरु पुरुष र महा माआत्मा गुरुमार्ग गुरु महिला, गृहस्थी माआत्मा गुरु मार्ग गुरु अथोअहस र माआत्मा गुरुमार्ग गुरु ठपोवलाई अपार आदर सम्मान र मान मान्यता स्वरुप सम्बोधन गरिने शब्द प्रणाम (ञइङेस) हो ।

*  र संघ भक्त अनुयायीहरुलाई सम्मान स्वरुप सम्बोधन गरिने शब्द मैत्री मंगलम हो ।

संघ भक्तहरुको सम्बन्धमा ।

*  संघ भक्त अनुयायीहरुले ज्ञान गुण प्रदान गर्नु हुने गुरुज्यु (लोपंम ङयूस), गुरु आमा (लोपंस्रोञाङ), बाल गुरु र सर्व परमात्मा गुरुहरु, सन्यासी गुरुमार्ग गुरु पुरुष र गुरुमार्ग गुरु स्त्रि, महा माआत्मा गुरुमार्ग गुरु पुरुष र महिला, गृहस्थी माआत्मा गुरु मार्ग गुरु अथोअहस र ठपोवहरु देखी लिएर गुरु घरका परिवार सदस्यहरुलाई पनि अपार आदर सम्मान र मान मान्यता स्वरुप सम्बोधन गरिने शब्द प्रणाम (ञइङेस) हो ।

* र संघहरु विचमा र भक्त अनुयायीहरुलाई सम्मान स्वरुप सम्बोधन गरिने शब्द मैत्री मंगलम (शैज्ञी वाइङख्या) हो ।

यसरी गुरुज्युबाट आज्ञा भएका अमृतमय गुरु वचनहरुलाई हामी सबैले स्पष्ट रुपले बुझि सकेका छौ । र अबका दिनमा कुनै भ्रम रहित भएर धर्ममा आफूले कुन रुप अपनाएर अघि बढ्नु पर्छ भन्ने विषयमा आफूलाई बोध भए पछि मार्गमा यात्रा गर्दा सहजता प्राप्त हुँदै जाने छ ।

धर्ममा परमात्मा नीति नियम सर्वमा एक समान लागु भइ रहेको हुन्छ । धर्मको संसार विलकुलै अलग रुपमा बढेको हुन्छ । महा शान्ति, सुरक्षा, संमरक्षण, समानता, मान मान्यता, महा सुख, सर्व मैत्री भाव आदि तत्वहरुको मुख्य स्रोतको केन्द्र धर्म भन्दा अरु रहेको हुँदैन ।

सर्वज्ञ परम पुज्यणीय महाँ सम्बोधि धर्म संघ गुरुज्युबाट प्रतिपादित मैत्री भाषाबाट उपलब्ध प्रार्थनाको ६ महिने प्रशिक्षण कार्यक्रम मिति २०७६/०३/१७ गतेबाट सुरुवात भइ यो दुर्लभ शुभ क्षण मिति २०७६/०९/१८ गतेमा सु सम्पन्न भएको थियो । उहाँ गुरुज्युको असिम कृपाले हामी सम्पूर्ण अति नै धन्यवान भएका छौ । हजारौ वर्ष पछिको यो दुर्लभ अवसर पुनः संसारले सत् धर्मको अस्तित्व उदय भए संगै प्राप्त गरि सकेको छ । अब यसलाई अघि बढ्नबाट हजारौं पहाडले पनि छेक्ने छैन । हजारौ खोला नाला र समुन्द्रले पनि रोक्ने छैन । स्वतः आफ्नै गतिमा सुर्य झै प्रचण्ड तेज समान, धर्ति झै थामिलो र आकाश झै अडिलो भएर अनन्त प्राणीको कल्याण हेतु परमात्मा तत्वबाट उत्पन्न भइ रहने छ । यि सम्पूर्ण कार्यको मुख्य श्रेय मात्र एउटै उहाँ धर्म संघ गुरुज्युमा जान्छ । उहाँको महान त्याग र तपस्याको फल स्वरुप विश्व मानव जगतमा मुक्ति र मोक्षको द्वारको रुपमा मैत्री धर्मले संसारको अन्तिम क्षण सम्म महत्वपूर्ण कार्य गर्नेछ ।

उहाँको यो अभूतपूर्व महान कार्य प्रतिको महिमा र गुणगान हाम्रा यि शब्दहरुमा वर्णन गर्न असमर्थ छ । तथापी स्वच्छ अन्तर हृदयबाट हामी सम्पूर्ण सन्यासी गुरुमार्ग गुरु, सन्यासी महा माआत्मा गुरुमार्ग गुरु, गृहस्थी माआत्मा गुरुमार्ग गुरु अथोअहस र ठपोव र संघ भक्त अनुयायीहरु दुइ हात जोडी अपार आदर सम्मान, विश्वासपूर्ण श्रद्धा, भक्ति, आस्था र भर भरोसाले युक्त भई उहाँ गुरुज्युमा असंख्य कोटी कोटी नमन गर्दछौं ।

सर्व जगत प्राणीको कल्याण होस !!!

सर्व मैत्री मंगलम् !!!